धनगढी । कैलालीको अत्तरियास्थित सुधारगृहमा एक युवक मृत भेटिएका छन् । अत्तरियामा रहेको उग्रतारा सुधारगृहमा कञ्चनपुको पुनर्वास नगरपालिका- ७ च गाउँका २७ वर्षीय रमेश तामाङ मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार तामाङ सुधारगृहभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाको अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । तामाङ बैशाख ८ गतेदेखि सुधारगृहमा बस्दै आएका थिए ।
प्रतिक्रिया