ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

यी सडक छन् अवरुद्ध

आइतबार १९, असोज २०८२ १०:४०

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएको छ । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–६ मेहेलेमा सडक पहिरोले अवरुद्ध भएको छ । त्यस्तै सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ माडीखोरला सडक,  सोलुखुम्बुको सदरमुकाम सडक खण्ड र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५ बलुवामा सडक पहिरोका कारण अवरुद्ध भएका छन् । 

सिरहाको सगरमाथा राजमार्गअन्तर्गत लहान–ठाडी सडक खण्ड, धनुषाको धनुषा–सिन्धुली सडक खण्ड र महोत्तरीको बर्दिवास–जनकपुर सडक खण्ड अवरुद्ध रहेका छन् । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्याङबुचेमा सडक पनि बाढीका कारण अवरुद्ध रहँदै आएको छ । त्यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा सडक अवरुद्ध भएको छ भने काभ्रेको भुम्लु गाउँपालिका–१ को सडक अवरुद्ध  छ।

यता मकवानपुर स्थित हेटौँडा–कुलेखानी सडक खण्ड, चितवनको भरतपुर–ठोरी सडक खण्ड, ललितपुरको महांकाल गाउँपालिका–५ स्थित सडक, धादिङको गजुरी गाउँपालिका–४ र ५ मा पनि सडक अवरुद्ध रहेको छ । सिन्धुलीको फिकलडाँडा–पाङ्रङ सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध  रहेको छ । 

प्रतिक्रिया