ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा दसैं मनाउन घर आएका प्रहरी मृत फेला

शनिबार १८, असोज २०८२ ११:३२

धनगढी । डोटीमा एक जना प्रहरी मृत अवस्था भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाट स्थायी घर भएका २८ वर्षीय शंकर बलायर मृत फेला परेका हुन् ।

शिखर नगरपालिका–८ गोपघाट केआईसिंह राजमार्गमा घोप्टाे अवस्थामा बलायर मृत फेला परेका हुन् । उनको टाउँकोमा गम्भीर चोट छ ।

मृतक फेला परेका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान रहेको बताइएको छ ।

उनी असोज ७ गते दसैँ मनाउन १८ दिनको बिदामा घर आएका थिए । मृतकका आफन्तले घटना संकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया