कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बडादसैँले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
बडादसैँ २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले दसैँले दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।
‘यो पर्वले सबैलाई राष्ट्र र राष्ट्रियता प्रतिको गहिरो प्रेम, भ्रातृत्व र दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
पारिवारिक मिलन भई खुसीयाली तथा हार्दिकता साटासाट हुने भएकाले यो पर्वमार्फत समाजमा आपसी रिस–राग अन्त्य हुने विश्वास आफूले लिएको उनले जनाएका छन् ।
नेपालका धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व एवम् पारस्परिक सहयोगलाई अझ प्रेरणा दिने उनले शुभकामना सन्देशमार्फत उल्लेख गरेका छन् ।
‘बडादसैँको उपलक्ष्यमा पारिवारिक मिलन भई खुसीयाली तथा हार्दिकता साटासाट गर्ने प्रचलन रहेकाले यो पर्वले समाजमा आपसी रिस, राग र द्वेषलाई बिर्सँदै विश्वका विभिन्न स्थानमा छरिएका समस्त प्रदेशवासी तथा नेपालीहरूको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रेरणा मिलोस्, ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया