ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी उपमहानगरद्वारा आज दिनभर निःशुल्क यातायात सेवा

बिहिबार १६, असोज २०८२ १२:००

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आज दिनभर निःशुल्क यातायात सेवा प्रदान गरिरहेको छ । बडादसैँको अवसरमा उपमहानगरपालिकाले बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म निःशुल्क यातायात सेवा प्रदान गरिरहेको हो । 

उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार दसैँको अवसरमा सवारीसाधन नपाएर  गन्तव्यमा पुगी टीका ग्रहण गर्न नसकेका स्थानीयवासीको सेवाका लागि निशुल्क यातायात सेवा प्रदान गर्न नगर प्रहरी परिचालन गरिएको छ ।

नौ वटा मोटरसाइकल, नगर प्रहरीको गाडी र वडा विशेषज्ञको गाडीमार्फत निःशुल्क यातायात सेवा प्रदान भइरहेको मेयर हमालले बताए । 

निःशुल्क यातायात आवश्यक परेका सेवाग्राहीलाई मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

प्रतिक्रिया