ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

बुधबार १५, असोज २०८२ १०:५५

धनगढी । कैलालीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् ।

धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत धनगढी र गोदावरीको सीमामा सुपप्र ०१–०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका– १ शिवनगर बस्ने २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको हो । 

स्कुटर चालक रहेका बम दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मायामेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर पछाडि सवार सोही
ठाउँका २६ वर्षीय सरोज बम घाइते भभएका छन् । उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । 

प्रतिक्रिया