कञ्चनपुर । कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका –४ का डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार साँझ आफ्नै कच्ची घरमा सुतेको बेला टाउकोमा सर्पले टोक्दा घाइते भएका पनेरुलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।
उनको मंगलबार दिउँसो २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया