काठमाडौं । तालिबानले सोमबारदेखि अफगानिस्तानभर इन्टरनेट र मोबाइल नेटवर्क सेवाहरू बन्द गरेको छ। समाचार वेबसाइट ‘काबुल नाउ’का अनुसार, काबुल, हेरात, मजार-ए-शरीफ र उरुजगानसहित धेरै शहरहरूमा फाइबर-अप्टिक इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएको छ।
सुरुमा मोबाइल डेटा केही समयसम्म चले पनि सिग्नल टावरहरू बन्द गरिएपछि त्यो पनि बन्द भएको छ। मिडिया रिपोर्टहरूका अनुसार, यो निर्णय ‘अनैतिक गतिविधिहरू’ रोक्नका लागि लिइएको तालिबानले सरकारले स्पष्ट पारेको छ ।
यसअघि बल्ख, कन्दाहार, हेलमन्द, उरुजगान, र निमरोजजस्ता केही प्रान्तहरूमा फाइबर-अप्टिक नेटवर्कहरू बन्द गरिएका थिए। तर, अब मोबाइल नेटवर्कसमेत समावेश गरेर यो इन्टरनेट बन्दी पूरा देशमा लागू गरिएको छ।
सन् २०२४ सम्म अफगानिस्तानमा पूर्व सरकारहरूले बनाएको ९,३५० किलोमिटर लामो फाइबर-अप्टिक नेटवर्क थियो, तर तालिबानले त्यसलाई अहिले पूर्ण रूपमा बन्द गरिदिएको छ।
प्रतिक्रिया