बैतडी । जेनजी आन्दोलनमा सहिद भएका बैतडीको शिवनाथ गाउँपालिका– २ का दीपकसिंह साउदका परिवारले सरकारले उपलब्ध गराएको राहत, क्षतिपूर्ति र किरिया खर्च पाएका छन् ।
१५ लाख दिने सरकारको निर्णयअनुसार सहिद दीपकका परिवारलाई रकम उपलब्ध गराएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
गृह मन्त्रालयबाट निकासा भएर प्राप्त रकम दीपकका बुबा कालुसिंह साउदको बैंक खातामा जम्मा गरिदिएको उनले बताए ।
प्रतिक्रिया