धनगढी । कैलालीको धनगढीमा ११ वर्षीया बालिका मृत फेला परेकी छिन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताए ।
शवभन्दा करीब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया