ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा कुटीमा बस्दै आएका साधुको हत्या

बिहिबार ०९, असोज २०८२ ०४:०३

कैलाली । कैलालीमा कुटीमा बस्दै आएका एक साधुको हत्या भएको छ । गोदावरी नगरपालिका– ४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा १६ वर्षदेखि बस्दै आएका ७८ वर्षीय भगत रामनारायण डगौराको बुधबार राति हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार डगौराको टाउको चोट छ । ढुंगा प्रहार गरी डगौराको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । 

डीएसपी चन्दले घटनाको अनुसन्धानका लागि एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । ‘पक्राउ परेका व्यक्तिले आफूले मदिरा सेवन गरेको र बुधबार राति के भयो भन्नेबारे जानकारी नभएको बताइरहेका छन्,’ डीएसपी चन्दले भने । 
 

प्रतिक्रिया