धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आह्वान गरेको सर्वदलीय बैठक सुरू भएको छ । मुख्यमन्त्री निवासमा बैठक सुरु भएको हो ।
बैठकमा सभामुखक भीमबहादुर भण्डारी र भूमी, व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा पनि सहभागी छन् । यस्तै पूर्वमुख्यमन्त्रीसमेत रहेका एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, एमालेका प्रमुख सचेतक चक्र मल्ल, काँग्रेसका प्रमुख सचेतक विक्रम धामी, माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी पनि बैठकमा सहभागी छन् ।
समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
प्रतिक्रिया