प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् । जेनजी आन्दोलनपछि देशको राजनीतिक अवस्था र सरकारको भूमिकाबारे जानकारी दिन प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि २७ भदौमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
कार्कीको नेतृत्वमा रहेको मन्त्रीमण्डलले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितबारे केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । ६ महिनाभित्र निर्वाचन गर्ने मुख्य जिम्मेवारी रहेको सरकारको भूमिकाबारे आज प्रधानमन्त्री कार्कीले जानकारी दिनेछिन् ।
प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ ।
प्रतिक्रिया