ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

खर्च कटौतीमा लाग्यो सुदूरपश्चिम सरकार, विवरण तयार गर्न निर्देशन

बुधबार ०८, असोज २०८२ ०२:१९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको विवरण तयार गर्न विषयगत मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्री शाहकै अध्यक्षतामा बसेको विषयत मन्त्रालयका मन्त्री र सचिव सम्मिलित बैठकमा मुख्यमन्त्रीले सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् । 

‘जेनजी आन्दोलनपछि प्रदेश संरचनाअन्तर्गतका भौतिक संरचनामा ठुलो क्षति भएको छ । त्यसको समीक्षा गर्दै मुख्यमन्त्रीले खर्च कटौतीको विवरण तयार पार्न निर्देशन दिएका हुन्,’ मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले भने । 

उनका अनुसार प्रदेशका मन्त्रालयलाई मितव्ययी बनाउन प्रदेश सरकारले खर्च कटौती गर्ने निर्णय यसअघि नै गरेको थियो । 

यसैगरी, मुख्यमन्त्री शाहले क्षति भएको भौतिक संरचना मर्मत गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न पनि निर्देशन दिएका छन् । 

प्रतिक्रिया