ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीबाट हतियारसहित चार जना पक्राउ, जेनजी आन्दोलनमा लुटिएको थियो

मङ्गलबार ०७, असोज २०८२ ०७:०८

धनगढी । जेनजी आन्दोलनमा लुटिएका हतियारसहित चार जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकाबाट चार जना पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार गौरिगंगा नगरपालिका- १ बस्ने २२ वर्षीय हिमाल आचार्य, वडा नम्बर ३ का २० वर्षीय जिवेश सापकोटा, सोही ठाउँका १९ वर्षीय समीर खड्का र १९ वर्षकै आभास चन्दलाई पक्राउ गरिएको हो ।

`प्रहरी प्रधान कार्यालय अपराध माहाशखाबाट आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कर्यालय मालाखेती र चौमालाबाट  खटिएको सयुक्त प्रहरी टोलीले  गौरिगंगा-१ बस्ने समिर  खड्काको घरबाट हतियार पनि बरामद गरिएको छ,´ डीएसपी चन्दले भने, `७.६२ एमएम एक थान पेस्तोल थान, म्यागजिन एक थान, राउण्ड थान २८ र आभाष चन्दको साथबाट रिभल्वल पेस्तोल एक थान बरामद गरिएको छ ।´  ती हतियार जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी  कार्यालय रामशाहापथबाट लुटिएको खुलेको डीएसपी चन्दले बताए । 

प्रतिक्रिया