धनगढी । कैलालीको टीकापुरबाट होटल व्यवसाय सुरु गरेको सिद्धार्थ हस्पिटालिटीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
सिद्धार्थ हस्पिटालिटीले धनगढीमा स्वीमिङ पुल (वाटर फन पार्क)सहितको सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको हो । कटेज निर्माणमा १७ करोड रुपैयाँ लगानी भइरहेको सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले बताए । निर्माणको केही काम अझै भइरहेकाले लगानी बढ्न पनि सक्ने उनको भनाई थियो ।
पौडेलका अनुसार कटेजमा विलासी रेस्टुरेन्टसहित डेढ हजार जना क्षमताको ब्याङ्केटसमेत छ । ब्याङ्केटमा नेपालीसहित भारतीयसमेतले विवाह पार्टी राख्न सक्ने सिद्धार्थ हस्पिटालिटीले पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी दिएको छ ।
नेपालको चेन हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीले धनगढीमा पाँचतारे होटल बनाउने घोषणा यसअघि नै गरिसकेको छ । धनगढीकै राजपुरमा पाँचतारे होटल बनाउने तयारी ग्रुपको छ ।
प्रतिक्रिया