ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

आइतबार ०५, असोज २०८२ ०४:४२

काठमाडौं । करागारबाट फरार कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

असोज ३ गते राति १ बजेतिर हत्या गरेको बुझिएको छ । शनिबारदेखि मनिषामा सम्पर्कमा थिइनन् । माइती पक्षलाई शंका लागेपछि खोजी गर्दा उनलाई घरबाट करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएको थियो ।

मनिषाको हत्यापछि सन्तबहादुर फरार छन् । जेनजी आन्दोलनका क्रममा उनी नख्खु कारागारबाट भागेका थिए । सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए ।

प्रतिक्रिया