ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आवागमनमा सहजीकरणका लागि पश्चिमी नाकामा नागरिक सहायता कक्ष

आइतबार ०५, असोज २०८२ ०१:११

धनगढी । चाडपर्व नजिकिएसंगै भारतसंग सीमा जोडिएका सुदूरपश्चिमका नाकामा चहलपहल बढेको छ । रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपालीहरु दसैं र तिहार मनाउनका लागि घर फर्किन थालेपछि नाकामा चहलपहल बढेको हो । त्रिनगर–गौरीफन्टा र गड्डाचौकी नाका भएर स्वदेश फर्किनेको भीड लाग्न थालेको छ । 

त्रिनगर–गौरीफन्टा नाका भएर पछिल्लो केही दिनयता दैनिक हजार बढी नेपाली स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किनेको नाकामा भीड बढ्न थालेपछि सहजीकरणका लागि नागरिक सहायता कक्ष स्थापना गर्न थालिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकामा नगरिक सहायता कक्ष स्थापना भइसकेको छ । जिल्लाको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीको ७ नम्बर पिल्लर नजिक नागरिक सहायता कक्ष स्थापना गरिएको हो । 

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सीमा नाकामा आवतजावत गर्ने व्यक्तीहरुको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले बताए । नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रदेश प्रहरी प्रमुख डिआईजी डम्मरबहादुर बिक, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदिप पाल लगायतको उपस्थिति रहेको थियो । 


 

प्रतिक्रिया