बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–५, बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।
मकैको थुप्रो बनाउनका लागि काठ काट्ने क्रममा गत भदौ २२ गते दयाललाई अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई घर ल्याइएकोमा शनिबार मृत्यु भएको हो ।
प्रतिक्रिया