ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा परिन् तीन युवती पक्राउ, लागूऔषध बरामद

शनिबार ०४, असोज २०८२ ११:१४

धनगढी । कञ्चनपुरमा तीन युवती पक्राउ परेकी छिन् । पुनरवास नगरपालिका– ६ ङ गाउँस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा तीन युवतीलाई पक्राउ गरिएको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका– १२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका –९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका– ४ बस्ने १८ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको हो । 

उनीहरुको साथबाट ९०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ । 

प्रतिक्रिया