बैतडी । बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन् ।
जिल्लाको पुर्चोडी नगरपालिका –१० गोरागाउँकी २२ वर्षीया बसन्ती बिष्टले बाटोमा शिशुलाई जन्म दिएकी हुन् ।
कटौजपानी स्वास्थ्य चौकी जाँदै गर्दा उनले बाटोमै शिशुलाई जन्म दिएकी हुन् । शिशुलाई जन्म दिइसकेपछि उनलाई स्वास्थ्य संस्थामा लगिएको छ ।
अहिले दुवैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ ।
प्रतिक्रिया