ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शनिबार ०४, असोज २०८२ १०:२४

धनगढी । कैलालीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित घोडघोडी नगरपालिका– ४ सिमथरीमा ना ६ ख ८४५४
नम्बरको बस र सुपप्र ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिका– ४ भलकुडा बस्ने ३१ वर्षीय दर्शनसिंह भाटको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका हुन् । बस र कञ्चनपुरको भीमदत्त– ४ बस्ने ३४ वर्षीय बस चालक अम्मरसिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया