ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीको दशरथचन्दकी उपमेयरका छोराले दिए पत्रकार बिष्टलाई धम्की

शुक्रबार ०३, असोज २०८२ १०:५२

धनगढी । बैतडीको दशरथचन्द नगरपालिकाकि उपमेयर कौशिला चन्दका छोरा विशाल चन्दले कैलालीका पत्रकार जनक बिष्टलाई धम्की दिएका छन् ।

पत्रकार बिष्टलाई चन्दले टेलिफोन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चौतारी कैलालीका अध्यक्ष समेत रहेका बिष्टलाई अपशब्द प्रयोग गरेर धम्की दिएका हुन् ।

धनगढी उपमहानगरपालिका– १३ का नवराज कार्कीको मोबाइल प्रयोग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् ।

जेनजीको हमला दिदै धम्की आएको भन्दै पत्रकार बिष्टले सुरक्षा र कानुनी कारबाहीको माग गर्दै तीनै जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

२४ भदौको राति टेलिफोन गर्दै उनीहरूले सुरूमा बिष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटौँ भनेर कुराकानी गरेका थिए । ‘राति भइसकेको र भोलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलौज गर्दै धम्की दिएका थिए,’ बिष्टले भने, ‘शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र मोर्चामा देखिएका थिए । ’

पत्रकार विष्टका अनुसार धम्की दिने चन्द र शाहसँग उनको दोहोरो चिनजान छैन् । चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते पनि चन्दले बिष्टमाथि दुर्व्यवहार गरेका थिए ।

सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेको थियो । तर, मदिरा सेवन गरेको सुरमा आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएको थियो ।

सोही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको मौकामा धम्की दिदै पत्रकार विष्टको घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन् । उक्त प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम समितिले उनलाई सघाइरहेको छ ।

प्रतिक्रिया