ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संविधान लोकतान्त्रिक आन्दोलनको उपलब्धि हो : सभापति देउवा

शुक्रबार ०३, असोज २०८२ १०:३५

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटक-पटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा वक्तव्य जारी गर्दै सभापति देउवाले संविधान निर्माण र लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सबै सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले संविधान मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप प्राप्त दस्तावेज भएको बताए ।

सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको स्मरण गर्दै यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको दाबी गरेका छन्।

उनले सबैको हक र अधिकार सुनिश्चित गरेको बताए। संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्नुपर्ने बताए।

प्रतिक्रिया