कैलाली । कैलालीमा संविधान दिवसको अवसरमा काँग्रेस-एमालेले शक्ति प्रदर्शन गर्ने भएका छन् । आज कैलाली जिल्लामा भएको दुबै दलको संयुक्त बैठकले विभिन्न कार्यक्रम गरी दुई दिनसम्म दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतान्त्रिक संविधानको रक्षा र मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै ११औं संविधान दिवसलाई विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो ।
बैठकले संविधानको मर्मअनुसार लोकतान्त्रिक गणतन्त्रको संरक्षण र विस्तारका लागि हुने विभिन्न कार्यक्रममा राजनीतिक दल, भातृसंस्था, सामाजिक संघसंस्था र सम्पूर्ण आम नागरिकलाई सहभागी हुन अपिल गरिएको छ।
तय भएका कार्यक्रमअनुसार दिवसको दिन भोलि चौमाला हुँदै अत्तरिया भएर धनगढी चौराहासम्म मोटरसाइकल र्याली हुने र चौराहमा कोणसभा हुने छ । टीकापुर, जानकी, जोशीपुर, भजनी, बर्दगोरिया, घोडाघोडी, लम्कीचुहामा हुने मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । उक्त क्षेत्रक्ल कोणसभा लम्की बजारमा गरिने जनाइएको छ ।
यस्तै असोज ४ गते १३ वटै पालिकामा जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा दीप प्रज्वलन गरिने दुबै पार्टीले जनाएका छन् ।
प्रतिक्रिया