ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कार्यरत यी एसपीको सरुवा, नयाँ को आउँदैछन् ?

बिहिबार ०२, असोज २०८२ १०:५७

धनगढी । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो । सुदूरपश्चिम प्रदेशमा कार्यरत केही एसपीहरुको पनि सरुवा भएको छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा कञ्चनपुरका हरिहरनाथ योगीको कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीका एसपी विनोद शर्मा आउने भएका छन् । डोटीमा भने कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत महेन्द्र नेपाललाई पठाइएको छ । 

यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत भुवनेश्वरप्रसाद साहको नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुरमा सरुवा भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेका एसपी मनोहरप्रसाद भट्टको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ । 

यस्तै, जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एसपी गौतम मिश्रको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी रही कैलालीमै काजमा रहेका एसपी नरेन्द्र चन्दको कैलाली सरुवा भएको छ । उनी कैलाली कारागारमा हिंसात्मक घटना भएपछि कैलाली काजमा आएका थिए ।

प्रतिक्रिया