कञ्चनपुर । कञ्चनपुर झण्डै दुई सय कैदीबन्दी अझै फरार रहेका छन् । २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीमध्ये एक सय ९३ जना अझै फरार रहेका हुन् ।
१८ भारतीय कैदी बन्दीसहित अझै १९३ कैदीबन्दी फरार रहेका हुन् । बुधबारसम्म २७५ कैदीबन्दी कारागारमा आफैँ फिर्ता भएका कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीले बताए । उनका अनुसार २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको हो ।
कञ्चनपुर कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये बुधवारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन् । आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदीहरू कारागार फर्किएर कैद भुक्तान गरी घर गएका निमित्त जेलर जोशीले बताउनुभयो ।
प्रतिक्रिया