ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

२१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन

बुधबार ०१, असोज २०८२ ०१:१२

काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले  सूचना जारी गरेको हो ।  

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले संविधानले तोकेको प्रतिशतअनुसार परीक्षाबाट न्यायाधीश नियुक्तिका लागि विज्ञापन गरेको हो । 

आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासीरजनजाति २ र मधेशी १ जनाको कोटा खुलाएको छ। विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया