ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य तोलामा एक हजार घट्यो

बुधबार ०१, असोज २०८२ १२:१०

आज सुनको मूल्य तोलामा एक हजार घटेको छ ।

आजका लागि सुनको मूल्य तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार स्थानीय बजारमा सुन प्रतितोला २ लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर २ हजार ५५० रुपैयाँमा किनबेच हुँदै छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया