ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा जेनजी आन्दोलनमा भएका थिए ३८ घाइते (नामसहित)

मङ्गलबार ३१, भदौ २०८२ १२:४९

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ३८ जना घाइते भएका छन् । कैलाली, कञ्चनपुर र डडेल्धुरामा ३८ जना घाइते भएका हुन् । सशस्त्र प्रहरी बलका छ, नेपाल प्रहरीका २९ र तीन प्रदर्शनकारी घाइते भएका हुन् । 
घाइते उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । 

सशस्त्र प्रहरीतर्फ कञ्चनपुरमा सशस्त्र प्रहरी हवल्दार तेजबहादुर बम सामान्य घाइते भएका छन् । यस्तै, कैलालीमा सशस्त्र प्रहरी नायब निरीक्षक खेमराज बोगटी, देबिजङ्गबहादुर सिंह, हवल्दार पुष्कर बिक, सहायक हवल्दार प्रकाश बोहरा र जमदार धिरज भुल घाइते छन् ।

नेपाली प्रहरीतर्फ कञ्चनपुरमा १० जना सुरक्षाकर्मी घाइते भएका छन् । डडेल्धुरामा आठ जना घाइते भए । कैलालीमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा प्रहरी निरीक्षक महेशविक्रम शाही, प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद जोशी, प्रहरी वरिष्ठ हवल्दार सुरज दमाई, प्रहरी हवल्दार मोहनसिंह बोहोरा, जवान इन्द्र भुल, एकेन्द्र रावल, सिता महता, चन्द्रा देबकोटा, राजेन्द्र भट्ट र गगन बोहरा घाइते छन् । 

डडेल्धुरामा प्रहरी सहायक निरीक्षक भुवन बोहोरा, प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्र भण्डारी, प्रहरी हवल्दार यज्ञराज भट्टराई, प्रहरी हवल्दार टेक बाग, प्रहरी सहायक हवल्दार नवराज सुनार, प्रहरी हवल्दार प्रकाशचन्द्र भट्ट, प्रहरी सहायक हवल्दार हरिओम केसी र जवान बिष्णु सायर घाइते भएका थिए । 

कैलालीमा प्रहरी वरिष्ठ हवल्दार केशब चन्द र श्याम बलायर, प्रहरी सहायक हवल्दार बिरेन्द्र खड्का, जवान डबलबहादुर बोहोरा, प्रहरी नायब निरीक्षक प्रमोदजंग शाह, प्रहरी सहायक निरीक्षक मदनबहादुर बिष्ट, प्रहरी हवल्दार रामबहादुर परियार, प्रहरी सहायक हवल्दार रिसुराम डगौरा चौधरी, लोकेन्द्र महरा, चक्र न्यौपाने र दलबहादुर खड्का घाइते भएका थिए । 

कैलालीमा प्रदर्शनमा सहभागी रहेका अशोक रावल, शम्भु श्रेष्ठ र अभिषेक खड्का सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया