धनगढी । नेपाली काँग्रेस कैलालीले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्यसमेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि अमानवीय ढंगले बर्बरतापूर्ण रुपमा आक्रण भएको बताएको छ । देउवा दम्पतीमाथि कुटपिट भएको एक सातापछि जिल्ला सभापति नारायणदत्त भट्टले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका हाम्रो पार्टी नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथिको अमानविय बर्वरतापूर्ण भौतिक आक्रमणको घोर भत्सर्ना गर्दछौ, साथै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रदर्शनमा जेएनजी पुस्ताको भावनाविपरित घुसपैठ गरी सरकारी संरचना, निजी घर र व्यावसायिक प्रतिष्ठानका भवनमा आगजनी भएको विज्ञप्तिमा उल्लेख छ । ‘सरकारले क्षतिको वास्तविक आकलन गर्दै आवश्यक पुर्नस्थापना र पुनः निर्माणको कार्य अगाडि बढाउनका साथै आन्दोलमा घुसपैठ गरी आगजनी, तोडफोड़ र हिंसामा संलग्न दोषीको पहिचान गरी आवश्यक कानुनी कार्बाही गर्न माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ । अहिलेको परिस्थिबाट उठ्न र पुर्ननिर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया