धनगढी । कम्प्युटर एसोसियसन महासंघ नेपाल (क्यान) कैलालीले जिल्लाका सरकारी कार्यालयलाई सहयोग गरेको छ । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका जिल्लाका सरकारी कार्यालयलाई क्यान कैलालीले सहयोग गरेको हो ।
क्यान कैलालीका अध्यक्ष नरेन्द्रराज अवस्थीले जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला अदालत, सरकारी वकिल कार्यालय र कारागारमा सहयोग गरिएको जानकारी दिए । ‘कम्प्युटर दुई थान, दुई थान मोनिटर, तीन थान प्रिन्टर, एलइडी टिभी एक थान, ब्याट्री दुई थान र एक थान इन्भर्टरलगायतका सामान सहयोग गरेका हौं,’ अध्यक्ष अवस्थीले भने ।
क्यान कैलालीका अध्यक्ष अवस्थीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर लगायतका सामाग्रीय सहयोग गरिएको हो ।
प्रतिक्रिया