ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा ‘जेनजी’ भन्दै निर्वस्त्र पारेर कुटपिट, दोस्रो दिन लिए युवकले आफ्नो ज्यान

आइतबार २९, भदौ २०८२ १०:१८

धनगढी । कुटपिट र अपमान गरेको भन्दै कञ्चनपुरमा एक युवकले आफ्नै ज्यान लिएका छन् । वेदकोट नगरपालिका–४ बैतडाका २५ वर्षीय नरेश धानुकले कुटपिट र सामाजिक अपमान सहन नसकेको भन्दै आत्महत्या गरेका हुन् । 

धानुकले आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आफूलाई ‘जेनजी’ भन्दै निर्वस्त्र पारेर कुटपिट गरिएको आरोप लगाएका थिए । भावुक हुँदै उनले सामाजिक अपमानकै कारण आत्महत्या गर्न बाध्य भएको बताउँदै केही व्यक्तिलाई आफ्ना मृत्युका जिम्मेवार ठहर गरेका थिए ।

उनको अन्तिम सन्देशमा भनिएको छ, ‘मलाई सोसल अत्याचार भयो । म मर्दै छु । सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु ।’ 

स्थानीयका अनुसार शुक्रबार राति साढे १० बजेतिर नरेशलाई जबर्जस्ती मदिरा सेवन गराएर त्यसपछि निर्वस्त्र पारेर कुटपिट गर्दै गाउँभर दौडाइएको थियो । 

पीडित परिवारले शव नउठाउने चेतावनी दिँदै मृतकका छोराछोरीको जिम्मेवारी स्थानीय तह वा घटनामा संलग्न व्यक्तिले लिनुपर्ने माग गरेका छन् ।
 

प्रतिक्रिया