धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
नयाँ पार्टीको घोषणा गर्दै चौधरीले सामाजिक सञ्जालमार्फत नाउपा छोडेको घोषणा गरेका हुन् ।
उनले आफ्नो नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल भएको घोषणा गरे ।
`आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद,´ उनले भने, `आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु । नया संगठन निर्माणमा आजैदेखि जुटेको छु ।´
प्रतिक्रिया