धनगढी । गौरीफन्टा नाका नजिक भारतीय जङ्गलमा एक नेपाली युवा बेहोस भेटिएका छन् । बेहोस भेटिएको झण्डै दुई घण्टापछि ती युवालाई सेती अस्पताल पुगाइएको छ ।
जङ्गलमा नेपालीहरुले नै बेहोस भेटेपछि भारतीय सुरक्षाकर्मीलाई बोलाएर नेपाली सीमासम्म ल्याएका थिए । कैलाली र कंचनपुरका प्रहरीले एकअर्काको जिम्मेवारी भएको भन्दै उद्दार गर्न नमानेपछि दुई घण्टासम्म बेहोस युवालाई त्यतै राखिएको थियो ।
भारतीय भन्सारमा कार्यरत नेपालीकै सहयोगमा अहिले उनलाई सेती अस्पताल पुगाइएको छ । बेहोस भेटिएका युवाको खल्तीमा भीम देउवा नामको टिकट भेटिएको छ ।
प्रतिक्रिया