ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुग्यो

बिहिबार २६, भदौ २०८२ १०:२८

धनगढी । जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुई दिन चलेको आन्दोलनमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको हो । 

विभिन्न अस्पतालले ३० मृतकको सूची उपलब्ध गराएकोमा बुधबार पोखरामा आगजनी भएका संरचनाभित्र दुई र ललितपुरमा एकको शव जलेको अवस्थामा भेटिएको हो । 

प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो । मंगलबार यो संख्या थपिएर ३० पुग्यो । बुधबार पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित एक रिसोर्ट र पोखरा– ९ नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ । बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार ६१ जना घाइते भर्ना भएकामा ७१९ डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया