धनगढी । जेनजी आन्दोलनका क्रममा कञ्चनपुरबाट भागेका एक कैदीबन्दी फेरि पक्राउ परेका छन् । दोधाराचाँदनी नगरपालिका–१ का स्थानीय ३५ वर्षीय दीपक सुनार पक्राउ परेका हुन् ।
सुनारले बुधबार दिउँसो मदिरा सेवन गरेको अवस्थामा दोधाराचाँदनीकी ५० वर्षीया महिलामाथि जबरजस्तीकरण गर्न खोजेका थिए । खाना खाएर सुतेकी ति महिलालाई जबर्जस्त गर्न खोजेपछि महिला चिच्याउँदा त्यहाँबाट भागेका सुनारलाई स्थानीयहरुले भाग्दै गर्दा खेतबाट नियन्त्रणमा लिएका थिए ।
कारागारबाट सुनारसँगै दोधाराचाँदनी घर भएका ११ कैदीबन्दी भागेका थिए । दुई वर्षअघि देखि सुनार बलात्कार मुद्दामा कैद भुक्तानी गरिरहेका थिए । स्थानीयको सहयोगमा सुनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दोधारामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया