ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गगन-विश्वप्रकाशको विज्ञप्ति, देउवाले नमाने अन्य प्रक्रियाबाट अघि बढ्न बाध्य हुने चेतावनी

मङ्गलबार २४, भदौ २०८२ १२:५९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।

सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया