ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका यी ठाउँमा लगाइयो निषेधाज्ञा

मङ्गलबार २४, भदौ २०८२ १२:०१

धनगढी । कञ्चनपुरपछि कैलालीमा पनि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले निषेध आदेश जारी गरेका हुन् । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम प्रमुख जिल्ला अधिकारी लम्सालले निषेध आदेश जारी गरेका हुन् । अपरान्ह १२ः१० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि धनगढी उपमहानगरपालिकाभित्र पर्ने स्थानमा निषेधको आदेश जारी गरिएको सूचनामा उल्लेख छ । 

प्रदेश प्रमुखको कार्यालय र निवास, मुख्यमन्त्रिको कार्यालय र निवास, जिल्ला प्रशासन कार्यालय क्षेत्र, बसपार्क क्षेत्र, सवै प्रदेश मन्त्रालय र निवास,, पूर्व प्रधानमन्त्रिको निवास क्षेत्र, विभिन्न सरकारी कार्यालयहरु, विभिन्न राजनैतिक दलका पार्टी कार्यालय क्षेत्र, पुष्पलाल चौक क्षेत्र, डिभोटी होटल एरिया क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

ती क्षेत्रमा पाँच जनाभन्दा बढीको समूह बनाएर आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया