धनगढी । आन्दोलनरत जेनजीहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् ।
उनीहरूले सरकारको दमको विरोधमा आज बिहान मुख्यमन्त्री कार्यालय घेरेका हुन् । कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन अहिले मुख्यमन्त्री कार्यालय पुगेको हो ।
उनीहरुले ‘हाम्रो साथी फिर्ता दे’ भन्दै नारावाजी गरिरहेका छन् । उनीहरुले धनगढीको मुख्य सडकमा पनि आवागमन ठप्प पारेका छन् । रातोपुलदेखि प्रदेश प्रहरी कार्यालयसम्म आवागमन ठप्प रहेको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधसंगै भ्रष्टाचार बेथितिविरुद्व जेनजी पुस्ता आन्दोलनमा छ । आन्दोलनकै क्रममा सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया