ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा बञ्चरो प्रहार गरी काकीको हत्या

सोमबार २३, भदौ २०८२ १०:३६

धनगढी । बैतडीमा बञ्चरो प्रहार गरी एक महिलाको हत्या गरिएको छ । आइतबार राति जिल्लाको सिगास गाउँपालिका–२ की ३५ वर्षीया बेलमती धामीको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार धामीकै ३० वर्षीय भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेका हुन् ।

‘घरमा सुतिरहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गरिएपछि धामीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएको थियो,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘आरोपित धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया