कञ्चनपुर । निर्माण व्यवसायी स.घ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । महेन्द्रनगरमा सम्पन्न १५औँ अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् ।
अवस्थीले निकटतम प्रतिद्वन्द्वी तत्कालीन अध्यक्ष निरञ्जनप्रसाद भट्टलाई १७ मतान्तरले पराजित गर्दे अध्यक्षमा विजयी भएका हुन् । भट्टले १३२ मत प्राप्त गर्दा अवस्थीले १४९ मत पाए ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा देवबहादुर चन्द, उपाध्यक्षमा यज्ञराज बैज, महासचिव पदमा देवीदत्त भट्ट, सह–कोषाध्यक्षमा हेम महरा विजयी भए । यसअघि नै संघको सचिव र कोषाध्यक्षमा भने वृजकिशोर चन्द र तेजबहादुर चन्द निर्विरोध चयन भएका थिए ।
संघको सदस्यमा गणेश सुवेदी, चन्द्रसिंह कार्की, दीपक कार्की, नवीन चन्द, मनिराज रेग्मी, महेश जोशी र सन्तोष खत्री विजयी भएका छन् ।
प्रतिक्रिया