बैतडी । बैतडीमा एक किशोरी मृत फेला परेकी छिन् । सुर्नया गाउँपालिका–५ मडकी १८ वर्षीय झरना दमाई मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार झरना शुक्रबार घरबाट ‘‘बजार जान्छु” भन्दै हिँडेकी थिइन् र त्यसयता बेपत्ता भएकी थिइन ।
प्रहरी र स्थानीयको खोजी कार्यका क्रममा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया