ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली उवासंघमा राठीले स्वतन्त्र उम्मेदवारी दिने

शुक्रबार २०, भदौ २०८२ ०६:३८

धनगढी । कैलाली उद्योग वाणिज्य संघको भदौ २८ गते हुने कार्यसमितिको निर्वाचनमा व्यवसायी सुरेन्द्र राठी स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

उनले शुक्रबार एक कार्यक्रम आयोजना गरी संघको बरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । राठी इन्टरप्राइजेज र रिद्धीसिद्धी ट्रेड लिंकका सञ्चालक राठीले यस अघि संघको कार्यसमिति सदस्य र हार्डवेयर व्यवसायी संघमा दुई कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको जिम्मेवारीमा थिए ।

संघको यसअघिको निर्वाचनमा उनले प्यानल सहित अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । उनले संघलाई पारदर्शी र सशक्त बनाउन, व्यवसायीलाई नीतिगत समर्थन, तालीम र परामर्शको सुविधा उपलब्ध गराउन आफूले उम्मेद्वारी दिने बताए ।
 

प्रतिक्रिया