कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।
तीन तले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए ।
केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया