ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

यी सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय

बिहिबार १९, भदौ २०८२ ०२:२३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो ।

दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ । भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि नै सूचीकरण भइसकेका छन् ।

टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको मन्त्रालयका जनाएको छ ।

प्रतिक्रिया