अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन् । तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा दुई किशोरी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घर नजिकैको वनमा रहेको एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उमेर नपुगेको हुँदा प्रहरीले किशोरीको नाम सार्वजनिक गरेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया