तोकिएको समयमा पनि सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लाटफर्मबारे आज निर्णय हुने भएको छ ।
सरकारले तोकेको समयभित्र सूचीकरण हुन नआएका फेसबुक, एक्स, अल्फबेट (गुगल), इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने र नगर्नेबारे निर्णय लिन आज बिहान १० बजे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक बस्दै छ ।
सो बैठकले लिने निर्णयका आधारमा कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ । ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई एक साताभित्र सूचीकरण अनुरोध गर्ने र उक्त समयभित्र सूचीकरण नहुने प्लाटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया