धनगढी । तीन दिनअघि सत्याग्रहमा बसेका डा. गोविन्द केसीले सत्याग्रह तोडेका छन् । कैलालीको गेटामा सञ्चालन हुने भनिएको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बसेका डा. केसीले आज दिउँसो कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
यसअघि आमरण अनशन बस्दै आएका डा. केसीले गेटामा भने तीन दिनको अवधि तोकेरै २३औं अनशनको थालनी गरेका थिए । केसीकाे शरीरमा ग्लुकोजको मात्रा तिब्र गतिमा घट्न थालेको थियो । मंगलबार विहान ६ बजे ३७ रहेको ग्लुकोजको मात्रा ११ बजे २७ मा झरेको थियो ।
डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढंगले निजी मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय गरेको आरोप लगाएका थिए । उनले तुरुन्त उक्त निर्णय फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न माग गरेका गरेका थिए ।
प्रतिक्रिया