ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार १७, भदौ २०८२ ०९:२१

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेदकोट नगरपालिका– ९ शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर ९ को कोल्डस्टोर नजिक बजारबाट घर जाने क्रममा रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो । 
 

प्रतिक्रिया